चन्द्रनिगाहपुर सिटी जेसिसको बर्ष २०२४ को अध्यक्षमा जानुका सापकोटा

रौतहट १४ पुस । चन्द्रनिगाहपुर सिटी जेसिसको बर्ष २०२४ को लागि जेसी जानुका सापकोटा अध्यक्षमा निर्वाचित हुनु भएको छ । शनिबार भएको साधारण सभा बाट उनि निर्वाचित भएको निर्वाचन अधिकृत जेसी अनन्त कुमार अधिकारीले बताए । उनका अनुसार कार्यकारिणी उपाध्यक्षमा जेसी गोपाल हुमागाई र जेसी एक बहादुर कटुवाल रहेको छ भने उपाध्यक्षमा राधेश्याम बैठा, आकाश साह रौनियार, नबिन प्रसाद चौरसिया, भिमराज अधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ । उनीहरुको कार्यकाल एक बर्षको रहनेछ ।

ताजा समाचार

Related Articles