सर्लाही घेदुङको पहलमा स्तन क्यान्सर पीडितको उपचार हुने

राजु लो तामाङ

सर्लाही २ पुस

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंज की स्तन क्यान्सर पीडित सीता पाख्रिनको उपचारका लागि सर्लाही घेदुङले पहल गरेको छ । आर्थिक रुपमा विपन्न रहेको सीताको उपचारका लागि सोमबार बिरामीको घरमै पुगेर उपचारमा लाग्ने बाँकी खर्च घेदुङले विभिन्न सहयोगीहरुबाट सहयोग संकलन गर्दै उपचार खर्च जुटाउने घेदुङ अध्यक्ष बुद्ध लामाले जानकारी दिए । आर्थिक अभावकै कारण सीताको उपचार गर्न सकिरहेको थिएन । एक महिना अगाडी देखि चितवनको बिपि कोइराला मेमोरियल अस्पतालमा सीताको उपचार हुँदै आएपनि थप उपचार गर्ने पैसा नभएका कारण समस्या भएको परिवारले बताए । उनको थप उपचारको लागि अहिले सीताको परिवार गाउँघरमा चन्दा संकलन गर्दै हिडिरहेको अवस्थामा घेदुङले सीता पाख्रिन बचाउ अभियान मार्फत सहयोग जुटाउने भएको हो । सोमबार घेदुङको जिल्ला अध्यक्ष बुद्ध थिङ लामाको नेतृत्वमा नेपाली कांग्रेस लालबन्दी १७ का वडा सभापति साथै नेपाल तरुण दलका केन्द्रीय सदस्य विभु सिंह थापा लगायतका व्यक्तिहरु बिरामीलाई भेट्न घरमै पुगेका थिए । त्यस्तै ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज आचार्यले बिरामी सीताको उपचारका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको लामाले बताए । स्तन क्यान्सर भएपछि सीताको ८ वटा किमो फेर्नुपर्ने डाक्टरले बताएको थियो हाल उनको २ वटा मात्रै किमो फेरिएको बुझिएको छ बाँकी ६ वटा किमो फेर्न अस्पतालमा उपचारको क्रममा लाग्ने खर्च सबै घेदुङले जुटाइ दिने भएपछि परिवारमा खुशी छाएको छ र परिवारले सहयोगी हातहरु प्रति धन्यबाद समेत व्यक्त गरेका छन ।

ताजा समाचार

Related Articles