कटहरिया नगरपालिकाले ल्यायो ४८ करोड ७७ लाख भन्दा बढी बजेट

   रुपेन्द्र पटेल
रौतहट, २२ असार । रौतहटको कटहरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ७७ लाख ४७ हजार रुपैयाँको बजेट पारित गरेको छ ।
नगरपालिकाको १२ औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन सोमबार सम्पन्न भएको हो । जनमुखी स्थानीय सरकारको विकास, समृद्धिको आधारू भन्ने नारासहित सम्पन्न नगरसभामा नगर प्रमुख अजय प्रकाश जैसवालले चालुतर्फ ३३ करोड ८८ लाख ७२ हजार रुपैयाँ र पुँजीगततर्फ १४ करोड ८८ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको बजेट प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) रामविनय कुमार सिंहका अनुसार कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, सडक तथा पूर्वाधार विकास, विपद् व्यवस्थापन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा तथा रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण कानुनले तोकेको समयभित्र नगरसभा आयोजना गर्न नसकिएको र सोमबार मात्र सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles