बारामा मोटरसाइकल दुर्घटना : उपचारकै क्रममा एक जनाको मृत्यु

बारा २४ असार
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–४ निवासी ४० वर्षीय ईश्वर श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल बुधबार बिहान करिब ५ः३० बजे अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक ईश्वर श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते श्रेष्ठलाई प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । त्यहाँबाट अवस्था गम्भीर भएपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो । उपचारकै क्रममा बुधबार दिउँसो करिब ३ बजे उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय गण्डकको नियन्त्रणमा रहेको छ ।

ताजा समाचार

Related Articles