बारा,१६ फागुन । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादको समाधान हुने क्रम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय बारामा परेको सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको जनाइएको छ । २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेनसम्बन्धी उजुरी लिन सुरु गरिएको थियो । जसमा तीन हजार तीन सय २२ वटा उजुरी दर्ता भएका थिए । बाराका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले गत वैशाख १७ गतेदेखि हालसम्म सात सय ७९ वटा उजुरीमाथि छलफल, समन्वय, सहकार्य गरी मिलापत्र गराइएको जानकारी दिए । २३ करोड ९२ लाख ३१ हजार सात सय ८२ रुपैयाँ बराबरको दाबी उजुरी परेकोमा हालसम्म विभिन्न माध्यमबाट सहमति, मिलापत्रमार्फत रु १५ करोड ११ लाख ३७ हजार चार सय ११ रुपैयाँको टुंगो लगाइएको छ ।

