पिपरा सडकखण्डमा कार दुर्घटना : दूध लिन जाँदै गरेका दुई दिदीबहिनी घाइते

राैतहट १५ साउन
सडकखण्डअन्तर्गत बडहरवा र पथराको बीचमा शुक्रबार कार अनियन्त्रित भई दुर्घटना हुँदा दूध लिन साइकलमा जाँदै गरेका दुई दिदीबहिनी घाइते भएका छन् । प्राप्त जानकारीअनुसार पथरातर्फबाट गौरतर्फ आउँदै गरेको कारले साइकलमा सवार दुवै दिदीबहिनीलाई ठक्कर दिएको थियो। ठक्करपछि कार अनियन्त्रित भई सडकछेउमा रहेको विद्युत्को पोलमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा घाइते भएका दुवै दिदीबहिनीको अवस्था सामान्य रहेको जनाइएको छ। उनीहरूको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको र स्थानीयवासीको सहयोगमा तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।
घटनाको कारण तथा अन्य विवरणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles