वृन्दावन १ को वडा कार्यालयमा कस्ले लगाए तल्चा ? डेढ सत्तादेखि सेवा ठप्प

वृन्दवन, २४ पुस । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा करिब डेढ सातादेखि तालचा लागेको छ। वडा कार्यालयमा ताल्चा लागेपछि आम सर्वसाधारण मर्कामा परेका हो । डेढ सत्तादेखि वडा कार्यालयले प्रदान गर्दै आएको सेवा सर्वसाधारणले पाउन सकेका छैनन् ।

वृन्दावन १ का राजदेव पटेल करिब चार दिनदेखि वडा कार्यालय धाइरहेका छन्। तर, वडा कार्यालयमा ताला लागेको देखेर उनी सधैं फर्केर आउँछन्। उनले भर्खरै जन्मेकी छोरीको जन्मदर्ता बनाउन वडा कार्यालय धाउने गरेको बताउँछन्। उनलाई वडा कार्यालयमा ताला लगाइएको कुरा थाहा छैन । मोबाइल समेत चलाउनु नआउने राजदेवलाई छोरीको जन्मदर्ता बनाई बालपोषण भत्ता खुवाउने चिन्ता लागेको छ। तर, वडा कार्यालयमा लागेको तलाका कारण उनको छोरीको जन्मदर्ता बन्न सकेको छैन। राजदेव एक पात्र मात्रै हुन्।

सो वडामा बसोबास गर्ने कुनै पनि सर्वसाधारणले डेढ सत्तादेखि सेवा पाउन सकेका छैनन् । वडा कार्यालयमा किन ताल्चा लागेको हो विषयमा वडा अध्यक्ष रामनाथ सहनीसँग सोध्दा उनले भने, दुर्गा पूजा मेलामा चन्दा नदिएका कारण वडा कार्यालयमा ताला लागेको हो। नगर प्रमुख विनोदप्रसाद कुर्मीले सकार गरेको चन्दा हाकिम नभएका कारण दिन नसकेकाका कारण अमिन्दर पटेल सहितको स्थानीयले वडामा ताला लगाएको बताए।

मेला लगाउन नगरप्रमुख कुर्मीले पाँच लाख दिने सकार गरेको थियो । तर, सो पालिकामा प्रमुख प्रशासकीय अधिकृतको विवादका कारण सो भुक्तानी नभएको भन्दै उनीहरूले वडा कार्यालयमा ताला लगाएको वडाअध्यक्ष सहनीले बताएका छन्।

नगरपालिकाले भुक्तानी नदिएको कारण वडा कार्यालयमा किन ताला लगाइएको विषयमा स्थानीय अमिन्द्र पटेलसँग बुझ्दा उनले आफूहरुले नगरपालिकामा ताला नलगाएको दाबी गरेका छन्। उनले भने, भुक्तानी नदिएका कारण हामीले डेढ सत्ता अगाडि वडा कार्यालयमा तल लगाएका थियौँ । तर सो लगतै सहमति भएपछि हामीले ताला खोलिदिएका थियौँ। अहिले सो वडामा कसले तला लगाएको हो भन्ने विषयमा आफूलाई केही जानकारी नरहेको पटेलको भनाइ रहेको छ।

ताजा समाचार

Related Articles