रौतहटमा सार्वजनिक सम्पतिमा ब्यक्तिको रजाई

रौतहट २१ पुस
रौतहटमा सार्वजनिक क्षेत्रको दुरुपयोग गरेको पाइएको छ । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ८ मा निर्माण गरिएको प्रतिक्षालय सोही वडाका वडा अध्यक्षको आडमा अध्यक्षको सालोले आफ्नो निजि कार्यका लागी प्रयोग गरेको पाइएको हो । वडा अध्यक्ष समिस बिक्रम साहले सोही वडाको पिप्रापोखरी खरिया टोलमा निर्माणधिन अबस्थामा रहदा नै उहाको सालो बिरेन्द्र साहले आफ्नो ब्यक्तिगत प्रयोजनका लागी प्रयोग गर्दै आइरहेको स्थानियले तराई पोष्टलाई जानकारी दिएका छन । आफ्नो भिनाजु साहाको इशारामा सो प्रतिक्षलयमा सालो बिरेन्द्रले प्रयोग गर्दै आइरहेको स्थानियको भनाई रहेको छ । कटहरिया नरपालिकाको आर्थिक सहयोगमा सो प्रतिक्षालय निर्माण गरिएको हो । प्रतिक्षालय वडा कार्यालयको भवनको पश्चिमतर्फ बनाइएको छ । सरकारी लगानी बनाइएको संरचनाहरुको जनप्रतिनिधिहरुले आफ्नो निजि कामकाजमा प्रयोग गर्न नपाउने स्थानियको भनाई रहेको छ । तत्काल सो प्रतिक्षलयमा राखिएका बिरेन्द्र साहको सामानहरु हटाई प्रतिक्षालयको निर्माण कार्य सम्पन्न गरि सार्वजनिक रुपमा आम नागरिकहरुले प्रयोग गर्न पाउनु पर्नैमा स्थानियले माग गरेका छन ।

ताजा समाचार

Related Articles