रौतहटको बम नहरमा अवरुद्ध सडक सुचारु

रौतहट २१ पुस
रौतहटमा पुल निर्माणको कार्य शनिबारबाट सुचारु गर्ने सहमति भएपछि गौर चन्द्रनिगाहपुर अबरुद्ध भएको सडक सञ्चालनमा आएको छ । सडक विभाग र स्थानियबिच बुधबारबाट स्थानियले आन्दोलनमा उत्रिएका थिए । स्थानियले आन्दोलन गरेपछि बुधबारदेखि सो सडक अबरुद्ध भएको थियो । शुक्रबार सम्पन्न छलफलमा सडक विभागले शनिबार देखि बागमति नदीमा पुल निर्माणको कार्य सुचारु गर्ने प्रतिबद्धता गरेसंगै गौर चन्द्रपुर सडकखण्डको बम नहरमा आन्दोलकारीहरुले गरेको अबरुद्ध सडक शुक्रबार दिउसो १ बजेबाट यातायात सञ्चालनमा आएको उनीहरुले बताएका छन । रौतहटका प्रदेश सांसद नागेन्द्र साहको नेतृत्वमा बुधबारबाट दुर्गा भगवती , यमुनामाई , राजपुरका स्थानियले गौर चन्द्रपुर सडकखण्डको बम नहरको बाटो अवरुद्ध गरि धर्नामा बसेका थिए । बागमती (बडहर्वा) पुलको निर्माण कार्यको एक्जेस्टिङ स्ट्रक्चर भेरिफिकेशनको कार्य पुस २१ देखि सुरु गरेर ७ दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । पुस १९ गते भएको प्रस्तावित डिजाइन अनुसारको निर्माण कार्य निर्माण व्यवसायीद्वारा अविलम्ब सुरुवात गर्ने, पुलको रिभ्युड डिजाइन ड्रइङ अविलम्व स्वीकृतिका लागि सडक विभागमा पेस गर्ने सहमति भएको थियो । गत बुधबारदेखि १५ दिनभित्र साइटमा निर्माण कार्य नभएमा तथा साइटमा मोविलाइज नभएमा नियमानुसार ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउने ६ बुँदे निर्णय भएको सडक विभागले जनाएको छ । शुक्रबार भएको दुई पक्षीय छलफलका क्रममा सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालको अध्यक्षतामा हुलाकी राजमार्ग आयोजना निर्देशनालय, सडक विभाग पुल महाशाखा लगायतका सम्बद्ध सरोकारवाला निकायको प्रमुखहरुको उपस्थितिमा बसेको थियो । प्रदेश सांसद तथा कांग्रेस जिल्ला सभापति सुनिल कुमार यादव, प्रदेश सांसद नागेन्द्र साह, रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दन झा, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह, श्रीराम यादव, लगायत धर्नामा बसेका सयौँ स्थानीयवासीको उपस्थिति थियो ।

ताजा समाचार

Related Articles